fbpx
corona information

गृहपृष्ठ एफएनसीसीआई निर्वाचन : वस्तुगत र जिल्ला नगरको सकियो मतदान, एसोसिएटको जारी

एफएनसीसीआई निर्वाचन : वस्तुगत र जिल्ला नगरको सकियो मतदान, एसोसिएटको जारी

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिका लागि मतदान भइरहेको छ । बिहान करिब ९ बजेबाट सुरू भएको निर्वाचनमा जिल्ला नगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एसोसिएट समूहको मतदान जारी रहेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।

महासंघको सचिवालयमा वस्तुगत संघ समूह र प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूहको मतदानको सकिएको छ । मतदान सकिएको दुबै ठाउँमा सतप्रतिशत मतदान भएको छ । जिल्ला नगरतर्फ १०५ र वस्तुगततर्फका १०१ जना मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले बताए ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानल चुनावीको मैदानमा उत्रिएका छन् । ढकाल समूहबाट वस्तुगतमा उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा ढकाल समूहबाट गुणनिधि तिवारी र प्रधान समूहबाट दिनेश श्रेष्ठ उम्मेदवार छन् ।

‘एसोसिएटतर्फको मतदान सकिएको छैन,’ प्रमुख निर्वाचन अधिकृत न्यौपानेले भने, ‘एसोसिएटतर्फका ९०४ मतदातामध्ये करिब सात सय मतदाताले मतदान गरिसकेका छन् । आज अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।’ एसोसिएटतर्फ उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई प्रधान प्यानलका सौरभ ज्योतिले उम्मेदवारी दिएका छन् ।

प्रकाशित समय १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु