fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कर्णालीमा थप १०१ जनामा कोरोना पुष्टि

कर्णालीमा थप १०१ जनामा कोरोना पुष्टि

शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका ८ जिल्लाका ९४ सहित अन्य प्रदेशका ७ जना कोरोना भाइरस पुष्टि भएको हो ।

शुक्रबार कोरोना पुष्टि हुनेहरुमा सुर्खेतका ५४, दैलेखका १४, जुम्लाका २, कालिकोटका ७, रुकुमपश्चिमका २, सल्यानका १२, हुम्लाका १, जाजरकोटका २ र अन्य प्रदेशका ७ जना रहेका छन् । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ८२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र दैलेख अस्पतालमा ८ र रुकुमपश्चिम प्रयोगशालामा १ जनालाई कोरोना पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९२५ पुगेको छ ।

शुक्रबार मात्रै कर्णालीमा ७३ जना कोरोनामुक्त भएपछि प्रदेशभर कोरोनामुक्त हुनेको संख्या तीन हजार ६७८ पुगेको छ । प्रदेशभर सक्रिय संक्रमित भने १ हजार १९९ रहेका छन् ।

थप एक जनाको कोरोनाका कारण मृत्यु

कर्णाली प्रदेशमा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ । गुर्भाकोट नगपालिका २ सुर्खेतका २२ वर्षीय युवाको बिहिबार प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

वीरेन्द्रनगरमा आफ्नो ठुलो बुवाको घरमा बसी अध्ययन गर्दै आएका युवा शौचालयमा लडेको र मुखबाट फिज आएको अवस्थामा फेला परेका थिए । सुरुमा झारफुक गरी स्थानीय देउती अस्पताल सुर्खेतमा उपचारका लागि लगेपनि अस्पताल प्रदेश अस्पतालमा रिफर गरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उक्त युवालाई सास फेर्न अप्ठ्यारो भएपछि एक्सरे गरी हेर्दा फोक्सोको बाहिर हावा भरिएको थियो ।

प्रकाशित समय ०८:०७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु