गृहपृष्ठ कोरोनाबाट देशभर थप १४ को मृत्यु, काठमाडौं उपत्यकामा ५ जना

कोरोनाबाट देशभर थप १४ को मृत्यु, काठमाडौं उपत्यकामा ५ जना

फाइल तस्बिर ।

कोरोना भाइरसको संक्रमणबाट केही दिनयता नेपालमा दैनिक सरदर १० जनाको दरले ज्यान गुमाइरहेका छन् । पछिल्लो २४ घन्टाभित्र कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । यसमध्ये काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिकार ११ पुरुष र ३ महिलाको मृत्यु भएको हो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

शनिबार सुनसरीमा ४३ वर्षीय पुरूष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला र ५१ वर्षीय पुरूष, भक्तपुरमा ७१ र ३८ वर्षीय पुरूषको काेराेनाका कारण मृत्यु भएको हो । त्यसैगरी,  चितवनमा ६१ वर्षीय पुरूष, तनहुँमा ७६ वर्षीय महिला, स्याङजामा ८५ वर्षीय पुरूष, गाेरखामा ४५ वर्षीय पुरूष, कास्कीमा ५१ वर्षीय पुरूष तथा रूपन्देहीमा ६० र ४० वर्षीय पुरूषको पनि शनिबार नै मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए ।

शनिबार थप ८ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५ सय २४ पुगेको छ ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु