fbpx
corona information

गृहपृष्ठ भारतको स्वीकारोक्ति- बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्, यसमा कुनै विवाद छैन

भारतको स्वीकारोक्ति- बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन्, यसमा कुनै विवाद छैन

बुद्ध जन्मस्थल लुम्बिनी ।

भारतले गौतम बुद्ध नेपालमै जन्मिएको आधिकारिक रुपमै स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयले विदेशमन्त्री जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको हो । ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

जयशंकरले गत शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन ‘कन्फडरेशन अफ इन्डियन इन्डस्ट्री’ले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका थिए । उनको भनाइ बाहिर आएसँगै नेपालमा त्यसको विरोध सुरु भएको छ । नेपालका राजनीतिककर्मी, अभियन्ता लगायतले जयशंकरकाे अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिको नेपाल सरकारले आइतबार नै विज्ञप्तिमार्फत खण्डन गरेको छ । परारष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘बुद्धको जन्म भारतमा भएको’ भनी भारतीय विदेशमन्त्रीले दिएको भनाइमा सत्यता नरहेकाे जनाएकाे हाे ।

प्रकाशित समय २०:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु