fbpx
corona information

गृहपृष्ठ कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा संक्रमण पुष्टि

५,३३८ जना सक्रिय संक्रमित, ५६ को मृत्यु

कोरोनाभाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हाे । यसमध्ये काठमाडौं उपत्यकाका ६ जना रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय १५ जनासहित देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाको अहिलेसम्म ज्यान गएको छ ।

पछिल्लाे २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएकाे छ । देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय १६:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु