गृहपृष्ठ लकडाउनपछि साढे २७ हजार नेपाल फर्के

लकडाउनपछि साढे २७ हजार नेपाल फर्के

plane

गत चैत महिनामा लकडाउन अबलम्बन भएयता असारसम्म २७ हजार ५८३ जना नेपाली देश फर्केका छन् । त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्केका नेपालीको विवरणमात्र हो ।

भारतबाट हालसम्म करिब एकदेखि डेढ लाख नेपाली फर्केको अनुमान छ । अध्यागमन विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक विवरणअनुसार लकडाउनको अवधिभर नेपालीबाहेक २२ देशका ७१ जना विदेशी पनि नेपाल यही अवधिमा नेपाल आएका छन् ।

सरकारले चैत १४ गतेको निर्णयअनुसार चार्टर्ड फ्लाइटबाट ती नेपालीहरूको उद्धार गरिएको हो ।
नेपालमा रहेका ९२ देशका १५ हजार ६८८ जना पनि यस अवधिमा यहाँबाट आफ्नो देशमा फर्केका विभागले जनाएको छ ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु