fbpx
corona information

गृहपृष्ठ नायब सुब्बालाई सिंहदरबार प्रवेशमा रोक

नायब सुब्बालाई सिंहदरबार प्रवेशमा रोक

निजामती सेवा विधेयकमाथि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि सिंहदरबार कार्यक्षेत्र नभएका नायब सुब्बालाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । निजामती सेवा विधेयकको नयाँ प्रावधानले वृत्ति विकास प्रभावित हुने भन्दै उनीहरू मंगलबारदेखि आन्दोलित बनेपछि बाहिरबाट अन्य सुब्बा वा सो सरहका कर्मचारी पनि आन्दोलनमा सामेल हुन लागेका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट हालै सरुवा भएका प्रकाशमान केसी पनि सिंहदरबार प्रवेश गर्न पाएनन् । नेपाल सरकारका स्थायी कर्मचारी केसी सिंहदरबारबाहिरबाटै फर्किए । ‘निजामती सेवा विधेयकले नासुहरूको वृत्ति विकास अवरूद्ध हुने भएकाले हामी आन्दोलित हुनुपरेको हो,’ उनले भने, ‘खरिदारदेखि सहसचिवसम्मले आन्तरिक प्रतिस्पर्धा गर्न पाउँदा हामीले किन नपाउने ?’

त्यस्तै विधेयकले ३० प्रतिशत बढुवाको प्रावधानलाई घटाएर २० प्रतिशत गरेको प्रति पनि उनले असन्तुष्टि जनाए । सरकारले दलैपिच्छेका निजामती कर्मचारी संगठन खारेज गरी एकमात्र आधिकारिक निजामती कर्मचारी संगठन रहने व्यवस्था गरेपछि अन्य दल पिछलग्गु कर्मचारीसमेत आन्दोलनको तयारी गरिरहेका छन् ।

सबै सरकारी अस्थायी तथा अस्थायी कर्मचारीलाई प्रवेशमा सहज अनुमति नदिएपछि सिंहदरबारको  दक्षिणी गेटमा सवारी साधनको जाम बढेको थियो । कार्यालय समयमा जाम बढेपछि त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई हम्मे-हम्मे परेको थियो ।

प्रकाशित समय १२:२९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु