गृहपृष्ठ १ हजार नाघ्यो कोरोना संक्रमित संख्या, थप १५६ जनामा संक्रमण पुष्टि

१ हजार नाघ्यो कोरोना संक्रमित संख्या, थप १५६ जनामा संक्रमण पुष्टि

१९० जना निको भएर घर फर्किए

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । विभिन्न जिल्लाका थप १५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये सप्तरीमा १४ जना, झापामा २५, नवलपुरमा १ जना, धनुषामा २९ जना, रौतहटमा २० जना, महोत्तरीमा १७ जना र सर्लाहीमा ७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यस्तै सिरहामा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १, सुर्खेतमा १३, सुर्खेतमा परीक्षणका क्रममा ठेगाना नखुलेकी १ महिला, दैलेखमा ८ जना, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकवानपुरमा १, बर्दियामा ३ र बाँकेमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

दोलखा र सोलुखुम्बुमा पहिलोपटक संक्रमण देखिएको हो । अहिलेसम्म देशभर ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।  पछिल्लो समय कोरोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिएपनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु