गृहपृष्ठ एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

नेपालमा एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । सोमबार बेलुकी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो संक्रमितहरू कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जना हुन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

त्यसैगरी बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको  छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना परीक्षण गरिएकाे थियाे । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

यसअघि आजै कपिलवस्तुमा १० र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु