गृहपृष्ठ वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भएको पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भएको पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

वीरगञ्जमा तीन जनामा भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएका ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।

अहिले नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १२ पुगेको छ । १ जनाको सफल उपचार भइसकेको छ । बाँकी संक्रमित आठै जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु