fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ एक खर्ब कम राजस्व उठ्ने भएपछि बजेट लक्ष्य घटाइयो

एक खर्ब कम राजस्व उठ्ने भएपछि बजेट लक्ष्य घटाइयो

artha-mantralaya_NewsKarobar

चालू आर्थिक वर्षमा झन्डै एक खर्ब रुपैयाँ कम राजस्व संकलन हुने देखिएपछि अर्थमन्त्रालयले बजेटका खर्चको लक्ष्य नै झन्डै दुई खर्बले घटाएको छ ।

अर्थमन्त्रालयद्वारा बुधबार सार्वजनिक गरिएको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट समीक्षाअनुसार यस वर्ष कुल ८ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन हुने संशोधित लक्ष्य राखिएको छ । यो सुरु बजेट अनुमानभन्दा करिब १ खर्ब रूपैयाँ कम हो ।

चालू आर्थिक वर्षमा बजेट सार्वजनिक हुँदा ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखिएको थियो ।

स्रोत परिचालन नै कमजोर भएपछि बजेटका  आकार पनि घटाइएको छ । अर्थमन्त्रालयका अनुसार यस वर्ष पनि बजेट १३ खर्ब ८५ अर्ब रुपैयाँमात्र खर्च हुनेछ । सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ विनियोजित बजेटको ९४.५ प्रतिशत र पुँजीगततर्फ  ८०.१ प्रतिशत खर्च हुने अनुमान गरिएको बताए ।

 

प्रकाशित समय १७:५५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु