fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ कोरोना भाइरसबारे सरकार सचेत छ : मन्त्री बास्कोटा

कोरोना भाइरसबारे सरकार सचेत छ : मन्त्री बास्कोटा

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले कोरोना भाइरसबारे सरकार सचेत भएको बताएका छन् ।

बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले चीनबाट फैलिएको कोरोना भाइरसबाट चीनमा रहेका नेपाली नागरिकहरुको सुरक्षित भएको र उनलाई नेपाल फिर्ता ल्याउने तयारी भइरहेको बताएका छन् ।

चिनियाँ अधिकारीसँग आफ्नो कुराकानी भएको भन्दै उनले भने, ‘मलाई हिजो मात्र चिनियाँ अधिकारीले टेलिफोनमार्फत् खबर गर्नुभएको थियो । उहाँले सबै नागरिकलाई समान तरिकाले औषधी उपचार भइरहेको जानकारी दिनुभएको छ ।’

उनका अनुसार सरकारले चीनमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन नेपाल सरकारले व्यापक तयारी गरिरहेको छ । उनले भने, ‘कतिपयले चीनबाट १८० जना ल्याएर ३ करोड नेपाली जोखिममा राख्न खोजेको सरकारलाई आरोप लगाए पनि उहाँहरुप्रति सरकार चिन्तित छ । अब केही दिनमा नै चीनमा रहेका नागरिक स्वदेश ल्याउने तयारी भइरहेको छ ।’

नेपालमा ल्याएपछि उहाँहरुलाई २ हप्तासम्म सूर्य विनायक खरीपाटी, टेकुलगायतका ठाउँमा उपचार गर्ने र त्यसपछि घर पठाउने सरकारको तयारी रहेको छ ।

प्रकाशित समय १६:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु