fbpx
corona information

गृहपृष्ठ धनुषामा १४ महिने बालकको अपहरण

धनुषामा १४ महिने बालकको अपहरण

धनुषाको सवैला नगरपालिका- १० मा १४ महिने बालकको अपहरण भएको छ । आफ्नो १४ महिने छोरा गोलुको ‘अपहरण भएको’ भन्दै स्थानीय दीपनारायण साहको परिवारले प्रहरीमा निवेदन दिएका छन् ।

छोराको खोजीका लागि साहकी जेठी श्रीमती रीताले इलाका प्रहरी कार्यालय सवैलामा बुधबार निवेदन दिएको सई मनोज यादवले बताए । सई यादवले घटना भएकै दिन मौखिक निवेदन आएपछि नै बालकको खोजी भइरहेको जानकारी दिए ।

दीपनारायणका दुई श्रीमती छन् । दुवैको नाम रीता साह रहेको छ । कान्छी श्रीमती रीताले गोलुलाई जन्म दिएपछि अर्कैसँग बिहे गरिसकेका छन् । त्यसपछि गोलुको हेरचाह दीपनारायणकी जेठी श्रीमतीले नै गर्दै आएकी थिइन् ।

निवेदनमा ‘घरमै सुतिरहेका बालक गत मंसिर १५ गते साँझदेखि बेपत्ता रहेको’ जनाइएको छ । अपहरित गोलु साह र उनलाई अपहरण गरेको हुनसक्ने आशंका गरिएका दीपनारायणकी कान्छी श्रीमती रीताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु