fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ काठमाडाैँका विभिन्न स्थानबाट २२ जना ‘स्वतन्त्र तिब्बत’ समर्थक पक्राउ

काठमाडाैँका विभिन्न स्थानबाट २२ जना ‘स्वतन्त्र तिब्बत’ समर्थक पक्राउ

प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘स्वतन्त्र तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट आज दिउँसो २२ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट ‘फ्री तिब्बत’ लेखिएको टिसर्ट, झोला, तिब्बतियन झण्डालगायत सामग्रीसमेत बरामद गरेको छ । पक्राउ परेकामध्ये केहीले ‘फ्रि तिब्बत’ लेखिएको ट्रयाकसुट लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू अधिकांश तिब्बती छन् भने केही नेपाली नागरिकसमेत रहेका छन् ।

योसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा प्रदर्शन हुन सक्ने आशंकामा उपत्यकाका तीनै जिल्लाका सबैजसो गुम्बाहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएकाे छ । शुक्रबार पनि प्रहरीले १८ जना ‘स्वतन्त्र तिब्बत’ समर्थकलाई पक्राउ गरेको थियो ।

प्रकाशित समय १४:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु