गृहपृष्ठ सहकारीको ब्याज चर्को : मन्त्री अर्याल

सहकारीको ब्याज चर्को : मन्त्री अर्याल

padma aryal-newskarobar फाइल तस्बिर ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले लगाउने चर्को ब्याज नियन्त्रण गर्नुपर्ने बताएकी छन् ।

सहकारी जनताको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाइएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि जनाएकी हुन् । सहकारी विभागले पोखरामा गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालामा मन्त्री अर्यालले जनताको सिधा पहुँच रहेका सहकारीले चर्को ब्याज लिन नसुहाउने बताइन ।

सेयर सदस्यले धान्न नसक्ने ब्याजदरकोे भार सर्वसाधारणलाई थोपर्न नहुने उनको भनाइ छ । विपन्न वर्गको पहुँचमा र्पुयाउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरूलाई मन्त्री अर्यालको सुझाव छ ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु