fbpx
corona information

गृहपृष्ठ के तपाईलाई मन्जुर छ ?

के तपाईलाई मन्जुर छ ?

उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ कि ?
उहाँ पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ ?
उहाँ स्वदेशी नै हुनुहुन्छ कि विदेशी ?
उहाँ स्वचालित हो कि सञ्चालित ?
अर्थात्
खिलराज रेग्मी ज्यू !
अहिले, देशमा फेरि एकपटक
उहाँको खाँचो
टडकारो परेको छ भन्छन् !
अहिलेको यो निकम्मा व्यवस्थाका भान्सेहरु !
जो हामीलाई
लोकतन्त्र र प्रजातन्त्रको
ट्युसन पढाइरहेका छन् ।
दिनरात
तमाम शक्ति केन्द्रको जुठो खाएर !
त्यतिखेर
जुन चारो ख्वाएर उहाँलाई प्रधानमन्त्री
बनाइयो
त्यही चारोमा थप
दुई सीता भात थपेर
साइत कुरेर बसेका छन्
अम्मली भान्सेहरु !
भूपू कमरेड लालध्वजका प्रिय पात्र
कमरेड खिलराजलाई
मन्जुर छ कि छैन तमसुकमा औंठा छाप थिच्न ?
यो प्रश्न सोध्ने पालो भूपू कमरेड लालध्वजबाट
जुगाँ फेरि काला भइरहेका एक नम्बर कमरेड कहाँ
आइ पुगेको छ ।
तर,
मलाई त छैन, कदापी छैन
सत्य र संघर्षका खातिर
इमान्दार यत्न र मुक्तिका खातिर
र उन्मुक्त जीवनका लागि
सहर्ष स्वीकार्य छ वलिदान !
तर, ए युवा सखी हो
पहल लिने बेला घर्कदै छ,
उत्तर दिने बेला आएको छ !

के तपाईहरूलाई
यो देश विघटन को
मन्जुरीनामा मन्जुर छ ?
…अस्तु ।।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु