fbpx
corona information

गृहपृष्ठ ‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित

‘चीनका प्राचीन कथा’ पुन: प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ ।

तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा २०२५ सालमा पहिलोपटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास, कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताए ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु