fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ‘महारानी’लाई यस वर्षको मदन पुरस्कार

‘महारानी’लाई यस वर्षको मदन पुरस्कार

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । दुवै पुरस्कार वितरण कार्यक्रमकाे मिति भने कोभिड महामारीको परिस्थितिका कारण पछि मात्र सार्वजनिक गरिने गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तकको सूची सार्वजनिक गरेको थियो । विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा उत्कृष्ट सातमा परेका थिए ।

प्रकाशित समय १६:५९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु