fbpx
corona information

गृहपृष्ठ दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

दोचादोफर गुठी, गोर्खाली र सिमकोटीहरू

सिमकोट हुम्ला जिल्लाको केन्द्र मात्रै नभएर नेपालको सर्वाधिक उचाइमा अवस्थित सदरमुकाम पनि हो । यसको पौराणिक सन्दर्भ बोन धर्मसँग र ऐतिहासिक प्रसंग खस मारुल्ले राजाहरूसँग गाँसिएको छ । यो कर्णाली प्रदेशको उत्तरी प्रदेशद्वार मात्र नभएर ऐतिहासिक र सामरिक स्थल मारुल्लेकोट हो । सिमकोट समग्र हुम्लाको सांस्कृतिक, सामजिक, आर्थिक र प्राकृतिक संगमलाई परिचालन गर्ने प्रशासनिक केन्द्र पनि हो ।

यो स्थान प्राचीनदेखि हालसम्म शक्ति र प्रशासनिक मुख्यालय र मुख्यालयको कुनै न कुनै भागको रुपमा रहेको तथ्य पाइन्छ । अशोकचल्लको नेपाली भाषाको शुद्ध लेखोट वि।सं। १३१२को ताम्रापत्र, वि।सं। १९०३ को दोचादोफर गुठीको स्थापना, वि।सं। १९६९मा स्थापित कर्णालीको उत्तरी क्षेत्र हेर्ने न्यायालय रहेको स्थान आदिको स्थापनाले यस ठाउँको महत्व र ऐतिहासिकतालाई दर्शाउँछ ।
यहाँको लोककथन अनुसार, सिमकोटको पश्चिममा भग्नावशेषको रुपमा रहेको मारुल्लेकोट खस मारुल्ले राजाहरूको प्रमुख प्रशासनिक केन्द्र र शीतकालीन दरबार हो । यहाँ नौतले दरबार थियो ।

ग्रीष्मकालीन राजधानी हुम्लाको उत्तरीद्वारको अन्तिम विन्दु ह्याँरी हाल अपभ्रंश भएर यारीगाउँ रहेको छ । यारीको भञ्ज्याङको काखमा अवस्थित उच्चसमस्थली यारीमा तालाखारको व्यापारमा जानेहरूबाट जमात उठाउने, शिकार खेल्ने, सीमाको रेखदेख गर्ने, बन्द व्यापारलाई नाईकोराबाट सुरक्षा गर्ने कार्य प्रमुख थिए । यो स्थान व्यापारी कर उठाउने मार्ग भएकोले यहाँको भन्सार प्रतिनिधिको रुपमा पुत्ला राखिन्थ्यो । पछि धर्मभकारीको नाममा जुम्ला राज्यबाट वार्षिक ठेक्का प्रणालीमा दिने गरियो । जो जसले पनि बोलकबोलको बढाबढमा ठेक्कामा लिने चलन थियो । कबोल गरेको रकम राज्यलाई बुझाएर बाँकी रकम ठेक्का कबोल गर्नेले नै लिन चलन पाइन्छ ।

स्थायी र शीतकालीन केन्द्र सिमकोटको मारुल्लेकोट भएकाले यहाँको बस्ती घना र व्यवस्थित थियो । जहाँ ओरा, भोरो, खाँदी, खुड्को, धराल, पछाल, रावल, बुढाथोकी, रोकाया, दमाई, कामी र सुनार आदिको व्यवस्थित बस्ती भएको कुरा हाल प्राप्त पुरातात्विक सामग्री, स्थान, नाम, घरका खण्डहरहरूका भग्नावशेष र लोककथनहरूले पृष्टि गरेका छन् । अझ मालपोत कार्यालय र मुखियाहरूका घर(घरमा रहेका पुराना कागजातहरूको प्रमाणले पनि थप प्रष्ट पार्छ ।

सिमकोट बजार।

सिमकोट एक विचित्रको ऐतिहासिक ठाउँ भए पनि हाल यसका धेरै स्थानहरु खण्डहरमा परिणत भएका छन् । जसमध्ये मारुल्लेकोट पनि एक हो । जसको मुहारमा ठूला ठूला झारजंगल उम्रेर विरुप भएको छ । यसको पूर्वतिर ठूला ठूला दश गाउँ थिए । त्यहाँका स्थानीय जानमानहरूमा डुकछिमेल, गाङछिमेल, छिकछिमेल, नाङछिमेल र काङछिमेलले गाउँसमाजलाई सुव्यस्थित गरेका थिए । जसको साक्षी सिमकोट पाँबाडा गाउँको मुंग्राधाराको कलात्मक रुप हो । त्यो नै ऐतिहासिक गौरव गाथाको प्रशस्ति र परिचयको संवाहक हो । जहाँ नागराज, अशोक चल्ल, पुण्य मल्ल, पृथ्वीमल्ल, बलीराज, फ्याउराज, सोभान साई र मलय वर्माहरूको केही न केही रगत, पसिना र श्रमले सिमकोटलाई रंगाएको छ । यो एक सामरिक, व्यापारिक र धार्मिकस्थल सिमकोट वि।स। १८४६ सम्म सभ्यताको बलियो धरोहर थियो । तर पछि राजनीति पूर्वाग्रहले ध्वस्त भयो र पारियो ।

२३१ वर्षअघि गोर्खा साम्राज्यवादले प्रहार गरेको आलो घाउ गोर्खाली शब्द हो । यो शब्दले पनि अहिले कर्णालीलाई च्यापेको छ । तर पनि हामी नेपालीलाई विशाल नेपाल चाहिएको छ । तर भौगोलिक एकीकरणले मात्र अब पुग्दैन । यसका लागि सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा सम्मिलन हुने नेपाल चाहिएको छ । समावेशी नेपाल चाहिएको छ । समतामुलक समाजको आधार तय गर्ने नेपाल चाहिएको छ । तब मात्र अन्तर्राष्ट्रिय दबाव दिनसक्छौ । कर्णाली क्षेत्रमा गोर्खाली शब्दभन्दा र सुन्दा त्रसित हुन्छन्, छन् र दुःख दिन आएका हुन् भन्ने भावमा बुझिन्छ । सिमकोटको वर्तमान अवस्था बेहालको छ । पञ्चायतकालमा मारुल्लेकोटलाई रानीवन भनिन्थ्यो तर आजभोलि सेनाको ब्यारेक भएको छ । यहाँको जंगल पातलिँदै नांगो हुन थालको छ । यहाँको माटो कुरुपिन थालेको छ ।

सिमकोटको शाब्दिक अर्थ सिमकोट छ र हो । सिङकोट र सिमकोट रहेको सम्भावना रहेको छ । वर्तमानमा सुरक्षित र संरक्षित राख्नुपर्ने ठाउँहरूमा कुकीलकोट, धरलाघर, टुङमा, रिगाडे, ठुने, भदाले, सेरा, चुलिझाड र पीपलनाउला आदि छन् । यी ठाउँहरुमा अहिले पनि खनजोत गर्दा पुराना गरगहना, भाँडाकुँडा, हातहतियार, सिक्का र धातुहरु भेट्टाइन्छ । त्यो मारुल्लेकोटको स्वरुप आज पनि राम्रोसँग देखिन्छ । राजा बस्ने कोटलाई मारुल्लेकोट, दासदासी बस्ने कुमारेकोट र भाइदार बस्ने लामादग्डा, धरलाघर, टुङमा आदि थिए । यहाँ जातिय उत्थान र पतनको संघर्षले यहाँको यो गौरवको निधी धरासयी भएको देखिन्छ । कुनै बेला सम्मानित भएको मारुल्ले शब्द आजभोलि रिस, राग, द्वेष, इर्ष्या र कलहको पर्याय रुपमा अर्थ लगाइन्छ ।

फापर खेती।

यहाँ दशौं शताब्दीमा बोन धर्मको हिल्छो देवतामाथि पूर्ववैदिक धार्मिक देवता मष्टोले गरेको कपटपूर्ण छलको रहर र कहरलाग्दो सिलोक र गाथाहरु धेरै(धेरै छन् । सिमकोटमाथि दशौं शताब्दीतिर पहिलो झड्का, पन्ध्रौं शताब्दीमा दोस्रो झड्का र कल्यालको प्रवेश, अठारौ शताब्दीतिर गोर्खालीको आक्रमण र विजय तेस्रो झड्का र वि।सं। २०४६ देखि हालसम्म चौथो झड्का लागेको आँकलन गर्न सकिन्छ । यसले यहाँको सांस्कृतिक एवं सामाजिक विलय र प्रलय भएको पाइन्छ । त्यसपछि जंगबहादुरको उदय, पञ्चायतकालको सुरुवात, वि।सं।२०२१ भूमिसुधार, गाउँफर्क राष्टिय अभियान, २०३६ को जनमत संग्रह, २०४६ को जनआन्दोलनबाट सर्वाधिक प्रभावित भए पनि सामन्ती व्यवहार अझै हावी भएको छ । नेतापछि लाग्यो । सार्वजनिक योजनाको ठेकदार बन्यो । रकम कुम्ल्यायो । अध्यक्ष ठेकदार, सचिव पसले, शिक्षक होटले र सर्वत्र वेरोजगारको झोले बन्यो । तहअनुसारको बक्सौनी चढायो । काम नगरे पनि काम पूरा जाँचपास र मूल्यांकन गरायो । यही चलन यहाँको भन्दै राजनीतिको खेतीमा युवाहरूलाई बराल्यो । बस कसले सोच्ने रु त्यो सक्रिय जनशक्तिको सदुपयोगतिर ध्यान, न्यान र छ्यान १

अहिले त सिमकोटीहरु जग्गा बेच्दै फेसनदार भएका छन् । गर्भभित्रै प्रेमपत्रहरू आदानप्रदान गरेर बिहे भएको सात महिनामा आमाबुवा बनेका छन् । मादकपदार्थ र धुम्रपानको प्रतियोगिता हुन्छ । यहाँ पिढीअन्तर छ । ‘भित्त जान्दैन भाहिर मान्दैन उन्तर ल्हैजा काल’ भन्ने हुम्ली उखान चरितार्थ भएको छ सिमकोट । नेताका लागि हाम्रा सक्रिय र सशक्त जनशक्तिहरूले आफ्नो सांस्कृतिक र सामाजिक पहिचान खोज्नुको सट्टा घर घरमा ढाड सेकाएर चामकको सामाल खोज्न खाद्य गोदाममा जान्छन् ।

धामीहरू।

प्रकाशित समय १३:५४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु