fbpx
Nepal Mediciti

ऋण

durga-kabita-newskarobar

सम्झनु छ मैले
दूधको स्वाद
कस्तो थियो ?
सम्झनु छ मैले
चउरी परेका अनुहारहरू
कस्ता थिए ?
मेरा पहिलो घामले स्पर्श गरेको अनुहार
सुन्नु छ मैले, त्यो कानमा
मेरो पहिलो चोटिको रुवाइ ।
कस्तो थियो होला
मेरो बुबाका अनुहारमा हर्षका मुहान फुटेको दिन
र त्यसै दिन रगतमा लट्पटिएका मेरी आमाको शरीर ।

कुनै विभिसिका युद्धभन्दा कम थिएन होला
सायद त्यस क्षण आमाको निम्ति
बुर्कुसी मार्दै थिएँ होला
बाहिरी संसार चियाउन
हतारिँदै थिएँ होला ।
पखेटा काटिएकी चरी जस्ती उनी
छट्पटाउँदै थिइन् होली
दोसाँधमा लिङ्ग पहिचानको ।

मृत्युको सङ्घारमा उभिएर यामदूत
कोर्रा हानिरहेका थिए
बचाउन मलाई सयौंचोटि कोर्राका प्रहारहरू
छात्तीमा सहेर,
बैंसका बाटुली नितम्ब
गालाका लाली, आदि–अनादि
सबै…सबै थोकहरू एक पाखा
छात्तीको क्यनभासमा सजाएर
भिडन्त गरिरही संसार चिनाउन मलाई ।
मलाई प्रत्येक पलहरूको हिसाब गर्नु छ
र तिर्नु छ प्रत्येक क्षणको ऋण ।
दश औंलीका भरमा
औंली भाँचेर गन्ती भुलेपछि
दोधारमा छु म आज ।
किनभने मैले आज ऋण तिर्नु छ
दूधको ऋण
रगतको ऋण
पसिनाको ऋण
जवनीको ऋण
बैंसको ऋण
अमर मातृत्वको ऋण ।

(दुर्गा राई ‘चामलिङ’, भारत)

प्रकाशित समय ०८:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु