fbpx
Nepal Mediciti

गृहपृष्ठ खर्च चाहिएको छ

खर्च चाहिएको छ

reshavdev-ghimire-newskarobar

श्री नेपाल सरकार सम्बोधन गरेर

तालुक मन्त्रालयमार्फत

खर्च जुटाइदिन

मैले एउटा निवेदन दर्ज गरेको छु

त्यसउपर तत्काल निर्णय गरियोस्

भन्ने मेरो माग छ

 

तिमीले नतिजा नआउने फाइलहरू

केलाउने नाममा निन्द्रा गुमायौ

पार्टी एकताको बैठकमा समय उडायौ

अख्तियारलाई फाइल नखोल्ने नाममा

आयुक्तहरुलाई भेट्ने र फोन गर्ने काममा

अनगिन्ती समय बितायौ

‘समृद्ध नेपाल समृद्ध नेपाली’ भन्ने

नारालाई सुहाउँदिलो बनाउन

थुप्रै उडन्ते उखान निर्माण गर्न

दिमाग खियायौ

 

सुन काण्ड, निर्मला हत्याकाण्ड

नियुक्ति काण्ड, सरुवा काण्ड, बढुवा काण्ड

काण्डै काण्डको रचना गर्न र

अपराधी जोगाउन

धेरै माथापर्ची ग-यौ

गर्नुपर्ने काम नगरेर

नगर्नु पर्ने अनगिन्ती काम गरेमा

राज्यकोषको दोहन ग-यौ

अनेक अनेक फजुल खर्च ग-यौ

 

कहिले सिंगापुर कहिले थाइल्यान्ड

कहिले अमेरिका पुगेर

नियमविपरीतको उपचार रकम पचायौ

विदेश घुमेर भ्रमण खर्चले

राजणयको ढुकुटी स्वाहा बनायौ

तिम्रा कुकृत्यको फेहरिस्त

भनेर साधी नै छैन

तिमीलाई ‘हेग’को सजाय पनि

अपुग नै हुन्छ

तिमी  आफ्नै पीडाले निदाउन नसक्ने मान्छे

र पनि अझै तिमीलाई राज्यकोष

रित्याएर भए पनि आराम चाहिएको छ

 

हे सरकार ! यो मेरो अन्तिम पटकको आग्रह हो

मलाई कुनै उपचार र भ्रमण होइन

देश निर्माणको कविता लेख्न

खर्च चाहिएको छ

म त्यही कविता पढेर आराम गर्नेछु

मलाई आराम खर्च होइन

देश निर्माणको कविता रचना गर्न

नियमपूर्वकको खर्च चहिएको छ ।

(ऋषभदेव घिमिरे, गोदावरी)

प्रकाशित समय १७:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु