fbpx
Nepal Mediciti

गृहपृष्ठ ऐना र अनुहार

ऐना र अनुहार

durga-kabita-newskarobar

प्रतिबिम्ब, दुरुस्त देखाउँछ

आकृति मानव सभ्यताको,

अगर देखाउने भए छायाँ यसले

किन देखाउँदैन हृदयका कुना काप्चाहरू

सन्देह छ मलाई यस्तादेखि

सधैं नतमस्तक भएर उभिन्छु

अनि हेर्छु यसमा आफ्नो प्रतिबिम्ब

नियाल्छु यसमा मभित्रको अर्को मान्छे ।

अहँ ! देखाउन चाहँदैन यसले

देखाउन मालिकको वस्तविकता ।

देखाउँछ एउटा आकृतिमा प्रतिबिम्बहरू

म हेर्न चाहन्छु अनि छाम्न

सधैंको एउटा कद अनि एउटै आकार पनि

मेरो अहराइमा अभिनयमात्र गरिबस्छ

अनि जिस्काइरहन्छ मेरा भावनाहरूलाई

अनाहक रिसिन्छ मनहरू ।

यसले मेरो न भूत देखाउँछ न भविष्य नै

भूत र भविष्यमा दुई पाउ राखी

वर्तमानमा पिसाब फेरेका बिहानहरू

सूर्यको मिर्मिरे आभा हुनु नपाउँदै

साँझको अतिक्रमणमा अकर्मण्यता

छाएको बिसन्चो ब्रह्माण्ड ।

म यसभित्र चियाउन खोज्छु

मेरो पुर्खको इतिहासहरू

अनि खोज्न चाहन्छु

मेरा पुर्खाको रगत र पसिनाले सिँचेका भूमिहरू

म यसभित्र नियाल्न खोज्छु

हजारौं वर्षपछिका अविष्कारहरू

म यसभित्रका आकृतिहरूलाई सोध्न चाहन्छु

मेरा गोत्रका वंशवलीहरू

मेरा सभ्यताका पहिचानहरू ।

(दुर्गा राई चामलिङ, डुवर्स, भारत)

प्रकाशित समय ११:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु