fbpx
Nepal Mediciti

गृहपृष्ठ कस्तो कस्तो (कविता)

कस्तो कस्तो (कविता)

dr suraj niraula-newskarobar

अलिकति तर्से जस्तो,

कसैसँग झस्के जस्तो ।

समय पनि कस्तो कस्तो,

बाँच्नलाई नै त्राही त्राही,

जीवन भो साह्रै सस्तो भो ।

 

जिउनलाई हाँस्नुपर्ने,

हाँस्नलाई नि सोच्नुपर्ने ।

मानव पनि कस्तो कस्तो,

सुख देख्दा अरुको

आफू शून्य भए जस्तो ।

अलिकति तर्से जस्तो,

कसैसँग झस्के जस्तो ।

 

साँचो जिन्दगी जिउन

कति गाह्रो ।

पग्लिएला फलाम बरु

त्यो मानिसको मन

झन कति साह्रो ।

खिचातानीको दौडमा

सधैं जित्नुपर्ने ।

जित्नेहरु हाँस्नुपर्ने,

हार्नेहरु रुनुपर्ने ।

चढ्न खोज्नेलाई ठेल्नु त कहाँ,

पकडी त्यसको गोडा झार्नुपर्ने ।

घाउमा मलम लाउनु त कहाँ,

झन् कोट्याई रमाउनुपर्ने ।

दिएर पीडा अरुलाई,

आफू बाँच्नुपर्ने ।

 

यो युग पनि कस्तो कस्तो,

मानवीयता नै हराए जस्तो ।

लाग्छ, पृथ्वीलाई नै एकपटक

ब्ल्याक होलमा पसाउँ जस्तो ।

अनि, पुनः मानव सृष्टि

मंगल ग्रहमा गरु जस्तो ।

अलिकति तर्से जस्तो,

कसैसँग झस्के जस्तो ।

प्रकाशित समय १२:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु