fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनी

तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनी

कलाकार तीर्थ निरौलाको भर्चुअल एकल कला प्रदर्शनीको प्रिमियम सो शनिबार सम्पन्न भएको छ । उनको यो ११औं एकल चित्रकला प्रदर्शनी हो । यसअघि स्वदेश र विदेशमा गरी उनको एकल र सामूहिक कला प्रदर्शनी भइसकेका छन् ।

प्रदर्शनीमा २२ चित्र राखिएको छ । जसलाई आयोजक क्लासिक ग्यालरीको आधिकारिक युटुब च्यानल, इन्स्टाग्राम, फेसबुक पेज र अन्य मिडियाहरुमा अवलोकन गर्न सकिन्छ ।

कलाकार एवं कला समीक्षक निरौलाका चित्रहरुमा गणेश, नारी, प्रकृति, धर्म र संस्कृति उनको क्यानभासको प्रिय पात्र बन्ने गर्छ । प्रदर्शित उनका चित्रहरु विविध विषय र संरचनामा बनेको देखिन्छ । निरौलाका चित्रहरुमा विन्दु प्रणालीको प्रचुर प्रयोग गरेका छन् । यसका साथै स्पेश डिभिजन, रंगरेखा र टेक्सचर इफेक्टलाई क्यानभासमा महत्वपूर्ण स्थान दिएको पाइन्छ । 

क्लासिक ग्यालरीकी क्युरेटर सरिता डंगोलले यस्तो अनलाइन कला प्रदर्शनी आजको आवश्यकता भएको बताइन् । ‘यसले विश्वभरिका कलाकारहरुलाई एक ठाउमा जोड्ने काम गर्छ । अझ कोरोना महामारीको यो घडीमा कला देखाउने र कलाको बजारीकरण गर्ने प्रक्रियामा यो प्रविधि अति महत्वपूर्ण छ,’ उनले भनिन् ।

आफूलाई आधुनिक कलाकर्मी भन्न रुचाउने निरौलाले कलामा आफ्नै निजी पहिचानको शैली रहेको बताए । आफू त्यसैमा केन्द्रित भएर काम गर्ने कलाकार निरौलाको भनाइ छ ।

प्रकाशित समय १७:४४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु