fbpx
corona information

गृहपृष्ठ ‘के माया लाग्छ र’पछि आर्टमाण्डूको ‘तीनपाते’ सार्वजनिक

‘के माया लाग्छ र’पछि आर्टमाण्डूको ‘तीनपाते’ सार्वजनिक

नवीन चौहानले निर्देशन गरेको ‘तीनपाते’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।आर्टमाण्डूले निर्माण गरेको सो म्युजिक भिडियोमा ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा सहितको प्रेम कथा समेटिएको छ ।

पूर्वी नेपालको छुर्पी, नौनी, दूध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केही गर्ने दुविधालाई चिर्दै म्युजिक भिडियोमार्फत सुमधुर गीत र मन छुने कथा प्रस्तुत गरिएको छ । हर्क साउद शब्द सिर्जना, सुजन चापागाईंको  संगीत तथा सुजन चापागाईं र विद्या तिवारीको स्वरमा रहेको गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् ।

म्युजिक भिडियोमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ । आर्टमाण्डुले यसअघि ‘के माया लाग्छ र’ बोलकाे गीत ल्याएकाे थियाे ।

प्रकाशित समय १७:४० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु