गृहपृष्ठ सुप्रिया र विपिन बने, लकडाउन ट्यालेन्ट
सुप्रिया र विपिन बने, लकडाउन ट्यालेन्ट

स्टेट एड मिडिया प्रालिले नेपालको अग्रणीमध्येको मोबाइल वालेट सेवा डिजीपेसँगको सहकार्यमा आयोजना गरेको ‘लकडाउन गट ट्यालेन्ट’ (एलजीटी) प्रतियोगितामा सुप्रिया क्षेत्री र विपिन कार्कीले ‘मिस्टर एन्ड मिस लडडाउन गट ट्यालेन्ट’को उपाधि जितेका छन् ।
गत जेठदेखि २ महिनासम्म लगातार चलेको प्रतियोगिताको अन्तिम राउन्डमा प्रवेश गरेका ४८ जनामध्ये सामाजिक सञ्जालहरूमा सर्वाधिक लाइक, सेयर, दृष्यता र भोटिङका आधारमा उनीहरू विजेता बनेका हुन् ।
‘देशभित्रमात्र नभएर विदेशबाट समेत २०० भन्दा अधिकको सहभागिता र ६० लाखभन्दा अधिक डिजिटल इम्प्रेसन भएको यो नेपालकै सर्वाधिक ठूलोमध्येको अनलाइन प्रतियोगिता बन्न सफल बनेको छ,’ स्टेट एड मिडियाकी कार्यकारी अध्यक्ष शालिनी नेपालले भनिन् ।
प्रतियोगितामा सबै सहभागीले सहभागिताका लागि डिजिटल सर्टिफिकेट पाउने उनले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागी भिडियोहरूको ‘युट्युब भ्युज’ (युट्युबमा हेर्ने क्रम) १ हजार घण्टाभन्दा अधिक पुगेको छ ।
प्रतियोगितामा कोही पनि निर्णायक नभइ प्रतियोगीहरूले आफैले सामाजिक सञ्जालमा गरेका सेयर, तिनमा आएको लाइक र डिजीपेको एप्लिकेसनबाट भोटिङका आधारमा विजेता छानिएका हुन् ।
‘यो यस्तो युनिक प्रतियोगिता थियो, जसमा प्रतियोगी पनि आफै, मूल्यांकनकर्ता पनि आफै र विजेता पनि आफै हुने र आफ्नो लागि कति भोट प्राप्त भयो, कति लाइक-सेयर प्राप्त भयो भन्ने खुला र पारदर्शी रूपमा हेर्न मिल्ने व्यवस्था गरिएको थियो,’ प्रतियोगिताका मुख्य प्रायोजक एवं सहआयोजक डिजीपेका प्रमुख कार्यकारी अधिकृत दिवाकर पाण्डेले भने ।
प्रतियोगिताको पहिलो ५० मा छनोट भएकाहरूले डिजीपेको मोबाइल वालेटमा १ हजार रूपैयाँ नगद पाउने छन् भने प्रायोजकहरू नेटम्याक्स, ग्लोबेन्सी, बेननेभिज, एलओडी, लस इक्सोबार्स, क्यूएफएक्स, टिटाइम कफी ब्रेक र इजीकेयरका तर्फबाट ४० हजार रूपैयाँबराबरको गिफ्ट भौचर पाउने छन् ।
मुख्य विजेता मिस्टर एन्ड मिस एलजीटीले २५-२५ हजार रूपैयाँ नगद र गिफ्ट भौचर प्राप्त गर्ने स्टेट एड मिडियाकी कार्यकारी अध्यक्ष नेपालले जानकारी दिइन । उनका अनुसार विजेता वा ‘टप ५०’मा परेका पाउने गिफ्ट भौचर निश्चित समयमा अरुलाई हस्तान्तरण पनि गर्न पाउने छन् ।
अफिसियल प्रमोटरका रुपमा नेपाली म्युजियर रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनर न्युज कारोबार डिजिटल मिडिया रहेको छ भने अफिसियल डिजिटल मार्केटिङ पार्टनर डिजिटल बाजे र अफिसियल बैंक एनसीसी बैंक रहेको छ ।
‘यो प्रतियोगितामार्फत लकडाउनका कारण देशका अर्थतन्त्र र ब्रान्डिङ दुवै पूर्ण प्रभावित हुँदा पनि नेपाल र नेपालबाहिर रहेका नेपालीहरूमाझ डिजीपेको ६० लाखभन्दा बढीमा पहुँच र डिजिटल इम्प्रेसन पुगेको छ, यो हाम्रो लागि एक उत्साहजनक पक्ष हो, डिजीपेका प्रमुख कार्यकारी अधिकृत पाण्डे भन्छन्, यो प्रतियोगितामा उत्साहपूर्वक सहभागिथता जनाउने सबै प्रतियोगीहरूमा हामी हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं ।’
प्रकाशित समय १२:५७ बजे