गृहपृष्ठ ‘गिटारवाली’को ‘आगुमै सालै त’ (भिडियोसहित)
‘गिटारवाली’को ‘आगुमै सालै त’ (भिडियोसहित)

आफ्नो अधिकांश म्युजिक भिडियोमा गिटारसहित देखिने पोखरेली गायिका तृष्णा गुरुङले ‘आगुमै सालै त’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा शब्द र संगीत संयोजनसमेत उनैको छ । भिडियोको निर्देशन र सम्पादन बिजु कर्मचार्य तथा छायाँकन महेश्वर श्रेष्ठले गरेका छन् ।
मायालुसँग छुट्टिएर टाढा बस्नुपर्दाको पीडा गीतमा पोखिएको छ । लामोसमय आफ्नो मायालुको पर्खाइमा बसेको र मिलनको लागि आगुम साल (आगामी वर्ष)को आसामा बसेकी मायालुको मनोभावहरु गीतका शब्दहरुमा समेटिएको छ ।
भिडियो हेर्नुहोस् :
प्रकाशित समय १४:०७ बजे