fbpx
Nepal Mediciti

गृहपृष्ठ यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता

चर्चित र्यापर गायक स्वर्गीय यमबुद्ध (अनिल अधिकारी) को स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।

यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थीहरु सहभागी भएका थिए । गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्धितीय र कृष्ण परियार तृतीय भए । फाउण्डेशनका अध्यक्ष तथा यमबुद्धका बुबा अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गरे ।

अधिकारीले यमबुद्धका सपना र योजनाहरुलाई देशैभर अभियानका रुपमा सञ्चालन गर्दै लैजाने बताए । यमबुद्धले गरिब परिवारका विद्यार्थीहरुलाई गर्ने गरेको सहयोगलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाहरुको मन मनमा बसेको बताउँदै उनका सामाजिक कार्यहरुको सबैले प्रशंसा गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्राहरुलाई झोला र स्टेशनरी सामानहरु वितरण गरिएको थियोे ।

प्रकाशित समय ०७:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु