fbpx
Nepal Mediciti

गृहपृष्ठ क्लासिक ग्यालरीमा ५ युवाको कला प्रदर्शनी

क्लासिक ग्यालरीमा ५ युवाको कला प्रदर्शनी

kala-pradarshani-newskarobar

पाँच युवा कलाकार दिपक थामी, विनोद गिरी, अमन महर्जन, झंकार सापकोटा र सुरेश बस्नेतले ‘विविधतामा एकता’ नामक कला प्रदर्शनी आयोजना गरेका छन् । ललितपुरको क्लासिक ग्यालरीमा शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा एक्रेलिक, वाटर कलर, ग्राफिक, पेन एन्ड इङ आदि माध्यमका २३ आकृति राखिएका छन् ।

कला विश्वविद्यालयबाट औपचारिक शिक्षा हासिल गरेका पाँचै कलाकारका कलामा आ-आफ्ना शैली, विषयवस्तु, भाव र विशेषता पाइन्छन् तर उनीहरुका सिर्जनाबाट प्राप्त मिठास र रसस्वादन एकै किसिमको छ । विषयवस्तु, भाव एवं विचारका पक्षमा, क्यानभासमा प्रस्तुत भएका कलाकारले मानवको भित्री पाटो वा मनोभावना, मनोदशालाई दर्शाएको देखिन्छ ।

उनीहरुको चित्रमा बाह्य चित्राकृति यथार्थतामा कथानक वा केन्द्रित भएर प्रस्तुत भएको देखिए पनि अन्तनिहित मर्म र भावनाप्रद भेटिन्छन् । मूलतः डिटेलमा काम गरिएका उनीहरुका चित्रलाई अभिव्यजनावाद, भाववाद र दर्शनवाद प्रभावित चित्र भन्न सकिन्छ । रंग संयोजन, प्रस्तुतिको शैली र ‘भावपरक’ विशेषतामा उद्घाटित चित्रहरुले सबैलाई लोभ्याएको पाइन्छ ।

उद्घाटन कार्यक्रममा नेपाली आधुनिक कलामा युवा कलाकारको विशेष वर्चश्व रहेको र प्रदर्शित सिर्जना उत्कृष्ट रहेको यूएन हेविट्याटका पद्मसुन्दर जोशीले बताए । ग्यालरीका सञ्चालक कलाकार सरिता डंगोल हुन् । उद्घाटन कार्यक्रममा कला समीक्षक तीर्थ निरौला, कलाप्राध्यापक उमाशंकर शाहलगायत वरिष्ठ कलाकार एवं कला अनुरागीको उपस्थिति थियो । साउन १७ गतेदेखि आयोजित कला प्रदर्शनी साउन २४ गतेसम्म चल्नेछ ।

प्रकाशित समय १४:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु