fbpx
Nepal Mediciti

गृहपृष्ठ किरण लिम्बूको ‘भावनाका फूलहरु ३’ लोकार्पण

किरण लिम्बूको ‘भावनाका फूलहरु ३’ लोकार्पण

Bhawana-Ka-Phoolharu newskarobar

सर्जक किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ संगीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, मेजर काजीमान लिम्बूलगायतको उपस्थिति थियो ।

एल्बममा ‘अलि अलि हाँस्दै…’ ‘सम्झना साथमा…’, ‘छोएर गयो…’, ‘यो आँखाले…’ र ‘दुईलाई गुणा गर्दा…’ जस्ता पाँचवटा गीत समावेश छन् । एल्बममा रहेको ‘छोएर गयो…’ गीतमा दीपा लामा र बलराम समालले अलग अलग स्वर दिएका छन् । अन्य गीतमा अनु चौधरी, राजेश पायल राई, दिपक लिम्बू र उत्तमजंग लिम्बु लावतीको स्वर छ । एल्बममा रहेका गीतमध्ये ‘छोएर गयो’मा बलराम समालले संगीत भरेका छन् भने अन्य गीतमा उत्तमजंग लिम्बू लावतीको संगीत छ । सर्जक किरण टी लिम्बूको यो तेस्रो गीति एल्बम हो ।

प्रकाशित समय २०:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु