fbpx
Nepal Mediciti

गृहपृष्ठ पोखरामा साउन १८ मा हेरिटेज अफ फेसन नेपाल

पोखरामा साउन १८ मा हेरिटेज अफ फेसन नेपाल

pokhara-fashion-newskarobar

पर्यटकीय नगरी पोखरामा साउनको १८ गते हेरिटेज अफ फेसन नेपाल हुने भएको छ । एएसएपी इन्टरटेनमेन्टको प्रस्तुतिमा चितवन र पोखराका मोडलबीच उक्त कार्यक्रम साउनमा हुने बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्कने पहिरनका डिजाइन यो फेसन सोमा प्रदर्शन गरिने डिजाइनर देविना भट्टराईको बुद्ध वाज बर्न इन नेपाल, जानकी कडायतको निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको नेपाल सौन्दर्य र सुपी रसाइलीको दरबार गरी चार सिक्वेन्समा फेसन सो हुने भएको एएसएपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए ।

प्रकाशित समय २१:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु