fbpx

गृहपृष्ठ सन्तोष लामाले ल्याए ‘मंसिर’

सन्तोष लामाले ल्याए ‘मंसिर’

mangsir-newskarobar

गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन् । ‘मंसिर’ बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो । गीतमा एउटा युवाले एउटी युवतीलाई इम्प्रेस गर्न गीत गाउने, नाच गान गाउने अनेक तरिकाहरु अपनाउँछ । तर, ऊ सफल हुँदैन ।

यो गीतमा टिकटकबाट छाएकी अमिता गुरुङ पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् । अमितासँगै सन्तोष लामाले पनि भिडियोमा अभिनय गरेका छन् । भिडियोमा नयाँ डान्स क्रु वाइजर इराको पनि आकर्षक नृत्य समावेश गरिएको छ ।

गीत एकतारेले लेखेका हुन् । पप जानराको यो गीतमा सुशान्त गौतमले संगीत दिएका छन्, शैलेन्द्रमान प्रधानले संगीत संयोजन गरेका छन् । गीतमा साउन्ड इन्जिनियर फिरोज ब्रजाचार्यको कुशल मिक्सिङ पनि छ । गीतको म्युजिक भिडियो स्वयं सन्तोष लामाले नै निर्देशन गरेका हुन् । गीतको कोरियोग्राफी विकास गुरुङ, छायाँकन उत्तम हुमागाईँ, ध्वनी सम्पादन विकास धमालाले गरेका हुन् ।

गीतको म्युजिक भिडियो 

प्रकाशित समय १४:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु