fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ चलचित्र उद्योगलाई राहत दिन माग

चलचित्र उद्योगलाई राहत दिन माग

नेपाल चलचित्र संघले विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपाली सिनेमा घरहरु तथा चलचित्र क्षेत्रमा पारेको असर बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ ।

संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कोरोना भाइरसले पारेको प्रभावको बारेमा ज्ञापनपत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको छ । सो भेटको क्रममा मन्त्री खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भइरहेको जानकारी दिए ।

उनले नेपाली चलचित्र उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको भन्दै सबै क्षेत्रको जानकारीहरु एकत्रित गरिरहेको र प्रभावबारे छलफल गरिरहेको स्पष्ट पारे । ‘पर्ख र हेरको अवस्थामा छौं, कुन तहको क्षति हुन्छ त्यहीअनुसार योजना गर्ने हो, आगामी १ महिना कठिनाई हुने देखिएको छ, केन्द्रिय बैंकसँग बसेर छलफल चलाईरहेका छौं र त्यसलाई अगाडि लानेछौं,’ उनले भने ।

उनले चलचित्र संघका पदाधिकारीहरुलाई ज्यादै आतंकित हुनुपर्ने अवस्था नभएको आश्वासन दिँदै नेपाली चलचित्र उद्योगको लागि मध्यमकालीन र दिर्घकालीन रणनीतिमा पनि काम गरिरहेका उनले बताए । अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोक्न नाकाहरुमा उच्च सर्तकता अपनाईएको भन्दै मनोरन्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरुलाई एकद्वार प्रणालीमा लैजाने प्रयास गरिरहेको जानकारी दिए ।

संघका अध्यक्ष मधुसुधन प्रधानले सिनेमा हलहरुमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाई गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए । उनले कोरोना भाइरसको प्रभावले गर्दा हाल सिनेमा हलहरुमा दर्शकहरुको संख्या न्यून भए पनि दैनिक रुपमा विभिन्न किसिमका राजस्व तथा करहरु तिरिरहेको गुनासो गरे ।

प्रकाशित समय १९:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु