fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ प्रेम दिवसमा ‘लभ डायरीज’

प्रेम दिवसमा ‘लभ डायरीज’

प्रेम दिवसको अवसर पारेर चलचित्र लभ डायरीज प्रदर्शनमा आउने भएको छ । प्रचारप्रसारको क्रममा पोखरा आइपुगेको चलचित्रको निर्माण टोलीले फेब्रुअरी १४ देखि प्रदर्शनको तयारी भइरहेको जनाएको हो ।

चलचित्रको कथावस्तु रोमान्स, प्रेम र विछोडको कथामा आधारित रहेको नायक सुशील श्रेष्ठले बताए । उनले भने, ‘प्रेम एकअर्कालाई बुझ्ने माध्यम हो । आशा छ। यस चलचित्रलाई दर्शकको माया प्राप्त हुनेछ ।’ श्रेष्ठले सायद- २, बादशाह, कारखाना, जुट लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

चलचित्रकी डेब्यु नायिका थापाले प्रेम दिवसको अवसरमा चलचित्र प्रदर्शन हुने भएकाले प्रेमजोडीलाई लभ डायरीज हेर्न आग्रह गरेकी छन् । ‘चलचित्र सकारात्मक रहेको छ । परिवारसँगै बसेर हेर्न सकिन्छ,’ उनले भनिन् ।

सौरभ चौधरीले चलचित्रको निर्देशन हुन् । चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत तथा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । चलचित्रको गीत र ट्रेलर यसअघि नै रिलिज भइसकेको छ ।

प्रकाशित समय १२:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु