fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एक्सन हिरो निखिल उप्रेती लोकगीतमा

एक्सन हिरो निखिल उप्रेती लोकगीतमा

nikhil-uprety-newskarobar

चलचित्रको पर्दामा करिब दुई वर्षदेखि नदेखिएका एक्सन हिरो निखिल उप्रेती लोकगीतमार्फत दर्शकमाझ आएका छन् । गायिका कला लम्सालको ‘धानको चामल धानैको चिउरा…’ मार्फत अभिनेता निखिल पहिलो पटक लोकगीतमा देखिएका हुन् ।

बद्री पँगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएको गीतमा नायक निखिल र गायिका कलाले अभिनय गरेका छन् । रमेश बिसीले रचना रहेको गीतलाई तिलक ओलीले संगीतबद्ध गरेका छन् ।

गीत युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो । निखिलले फरक अनुभवका लागि लोकगीतमा अभिनय गरेको बताएका छन् । ‘खाली समयको सदुपयोगका लागि लोकगीतमा अभिनय गरेको हुँ,’ न्युज कारोबारको न्युज रुममा आफ्नो अभिनय हेर्दै उनले भने, ‘गीत हेर्दा झन् रमाइलो महसुस भयो ।’

प्रकाशित समय १५:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु