fbpx
corona information

गृहपृष्ठ विष्णु जोशीको ‘ल्याँङ भो’ सार्वजनिक (भिडियोसहित)

विष्णु जोशीको ‘ल्याँङ भो’ सार्वजनिक (भिडियोसहित)

विष्णु जोशीको ‘ल्याँङ भो’ नामक व्यांग्यात्मक गीत भिडियो सार्वजनिक भएको छ । मदर नेपालको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिक भिडियोमा विशाल पौडेलको स्वर र संगीत रहेको छ ।

भिडियोमा पौडेलकै संगीत संयोजन, प्रदीप जोशीको मिक्सिङ र मास्टरिङ रहेको छ । त्यस्तै सन्तोष आचार्यको बेसगिटार रहेको छ भने अडिटिंगर भिडियो नबिन निरौलाको रहेको छ । कल्पवृक्ष रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘ल्याँङ भो’ गीतमा नेपालको समसामयिक घटनाक्रमलाई समेटेर व्यांग्यात्मक रूपमा आलोचना गरिएको छ । भिडियोको अन्तिममा युवाहरुलाई नेपाल फर्केर हाम्रै पुस्तमा नेपालको विकास गरौं, उद्यमशील बनौं भन्ने सन्देश पनि दिइएको छ ।

अमेरिकामा विज्ञान विषयमा विद्यावारिधी गर्दै गरेका ‘ल्याँङ भो’ गीतका रचनाकार विष्णु जोशीले आफ्नो पहिलो प्रस्तुती आफ्नै युट्युब च्यानल ‘मदर नेपाल-नेपाल आमा’ द्वारा सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रकाशित समय १२:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु