fbpx
corona information

गृहपृष्ठ कविता – यसुको तेल

कविता – यसुको तेल

धर्म का नाममा
केहि जल्लादहरु आजभोलि भन्छन्
गहुँत र तेलले
मरेकाहरु जिवित हुन्छन्
लुतोहरु जति सप्पै ठीक हुन्छन्
काउछोहरु पखालिन्छन्
बाँझो खेतमा बिरुवा वसन्त पलाउँछ,
बाँझो कोखमा शन्तान उमार्छ,
बुद्धि बिग्रेकाहरुको बुद्धि फिर्छ,
सबै रोगव्याधीहरु तेल र गाइको पिसाबले ठीक गर्छ भन्छन्
तर,
डाक्टर फौंसीहरु वित्थामा ट्रम्पको,
झम्टाइ र ज्यादती खान्छन्,
अहिले
कोरोनाका बिरामीलाई
दुनियाँभरका आइसियूमा राख्नुभन्दा,
धमाधम इन्सेक्टिसाइड, पेष्टिसाइड, डिस्इन्फेक्टन्ट
दल्नु
भन्ने आदेश त्यागेर,
सिष्टिन च्यापलको धुरीबाट निस्कने धुवाँ नपर्खेर,
गाइको गहुँत हुन्छ वा ब्रिट्नी स्पेयर्स्को गहुँत,
वा इसा मसिह बचेर खाने जल्लादहरुको रुमानि तेल
लौ, लैजाउ र दल
आर्तहरुको आँतमा
र मुक्त गराउ
मानव जातिका प्रस्तावित ८४ लाख योनीहरु ।।

प्रकाशित समय ११:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु