fbpx
corona information

गृहपृष्ठ अमेरिकन आइडलमा जस्ट साम, उपविजेता बने दिवेश पोखरेल

अमेरिकन आइडलमा जस्ट साम, उपविजेता बने दिवेश पोखरेल

अमेरिकाको चर्चित गायन रियालिटी सो अमेरिकन आइडलको यो वर्षको उपाधि जस्ट सामले हात परेकी छन् । पाँच जना प्रतिस्पर्धीलाई उछिन्दै जस्ट साम अमेरिकन आइडल बनेकी हुन् । नेपाली युवा दिवेश पोखरेल आइडलको उपविजेता बनेका छन् ।

आज भएको फाइनल राउन्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । दिवेश भने टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

यी हुन् अमेरिकन आइडल जस्ट साम

२१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मूलकी अश्वेत गायिका हुन् । न्यु योर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यु योर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउन लाइबेरियामा अभियान नै चलाइएको थियो ।

प्रकाशित समय ०८:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु