fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ धादिङका हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

धादिङका हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

रियालिटी सो ‘कमेडी च्याम्पियन’का विजेता धादिङका हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले इटहरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

देश तथा विदेशमा रहेका शुभेच्छुकले गरेको भोटका आधारमा हिमेशले उपाधि जितेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् ।

सुमन र खड्गबहादुर प्रतियोगिताबाट पहिले नै बाहिरिसकेका थिए । तर ‘वाइल्ड कार्ड’ इन्ट्रीबाट फेरि शोमा स्थान बनाएका उनीहरुले अन्ततः फाइनलसम्मको यात्रा तय गरेका थिए ।

टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।

फाइनलमा अथितिको रुपमा वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा दिनेश डीसीको उपस्थित थियो । आचार्यले विजेताको नाम घोषणा गरेका थिए ।

 

प्रकाशित समय २२:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु