fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ ओस्कारमा कोरियन चलचित्र ‘प्यारासाइट’ले जित्यो ‘वेष्ट फिल्म’को अवार्ड

ओस्कारमा कोरियन चलचित्र ‘प्यारासाइट’ले जित्यो ‘वेष्ट फिल्म’को अवार्ड

चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत ‘वेष्ट फिल्म’को अवार्ड कोरियन फिल्म ‘प्यारासाइट’ ले जितेको छ । ओस्कारमा ‘वेष्ट फिल्म’सहित सर्वाधिक ४ विधामा अवार्ड जितेर प्यारासाइटले इतिहास रचेकाे छ ।

ओस्कारको ९२औं संस्करणअन्तर्गत प्यारासाइटले ‘वेष्ट फिल्म’को मुख्य अवार्ड र अन्य तीन विधामा अवार्ड जितेको हो । विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात पार्दै प्यारासाइटले इतिहास बनाएको छ ।

निर्देशक बोङ जुन-हो ।

गैरअंग्रेजी भाषी फिल्मले ओस्कारमा मुख्य अवार्ड जितेको यो पहिलो हो । फिल्मका निर्देशक बोङ जुन-होले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जिते । प्यारासाइटले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’को अवार्डका साथै ‘बेस्ट अरिजिनल स्क्रिन प्ले अवार्ड’समेत हात पार्‍यो ।

प्यारासाइटले ‘वेष्ट फिल्म’ अवार्डका लागि ‘फोर्ड भर्सेज फरारी’, ‘द आइरिसम्यान’, ‘जोजो र्‌याबिट’, ‘जोकर’, ‘लिटिल वुमेन’, ‘म्यारिज स्टोरी’, ‘वान्स अपन अ टाइम इन हलिउड’ र ‘१९१७’ लाई पछि पारेको थियो ।

प्रकाशित समय १२:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु