fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ म त मज्जाले घिउ खान्छु : शिल्पा शेट्टी

म त मज्जाले घिउ खान्छु : शिल्पा शेट्टी

अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै गर्दा जुन २१ मा संसारभर योगका कार्यक्रम आयोजना गरिएका थिए । हिजोआज योगको चर्चा हुँदा बलिउडलाई पनि जोड्ने गरिन्छ । योग दिवसको वरिपरि बलिउडका स्टारहरूले पनि योगसँग जोडिन र निरन्तर योग गर्न सर्वसाधारणलाई अपिल गरेका देखिन्छन् ।

यिनै भारतीय चलचित्र स्टारका माझ शिल्पा शेट्टी कुन्द्राको योगसम्बन्धी चर्चा अझ बढी भएको छ । शिल्पा शेट्टी पहिलेदेखि नै छरिती देखिन्छिन् । सामाजिक सञ्जालमा उनले राखेका योग र व्यायामका दृश्यहरुको सबैले प्रशंसा गर्दै अनुसरण गरेका भेटिन्छन् ।

तपाईंहरुलाई योगले शरीरको तौल घट्ने विश्वास गर्नुभएन भने गलत हुने शिल्पा बताउँछिन् । योगले अनावश्यक तौल घटाउनेमा उनी दृढ छिन् । योगले उनको जीवनमा सबै किसिमका खुसी ल्याउँछ भन्नेमा शिल्पा ढुक्क छिन् । उनका पति राज कुन्द्राले पनि योगाभ्यास सुरु गरेका छन् । उनले पनि अनावश्यक आठ किलो तौल घटाइसकेका छन् ।

‘मानिसले शरीरका लागि पोषणयुक्त खाना खानैपर्छ,’ खानपिनबारे उनी भन्छिन्, ‘हिजोआज मानिसले शरीरलाई अत्यावश्यक पोषणबारे विचार नगरी कम खान थालेका छन् ।’ शिल्पा जुनसुकै तरिकाले पसिना निकालेर भए पनि पोसिलो र पर्याप्त खाना खानुपर्छ भन्ने मान्यता राख्छिन् । मानिसले ३० प्रतिशत जिम वा योगजस्ता शारीरिक श्रम अनिवार्य गर्नुपर्छ । ७० प्रतिशत पोसिलो खाना पनि अत्यावश्यक छ । कम खानुको अर्थ चिल्लोरहित उमालेका खानेकुरा मात्र खाने होइन भन्ने शिल्पाको प्रस्ट धारणा छ ।

शिल्पा भन्छिन्, ‘गुणस्तरयुक्त रेसादार खानुस्, राम्ररी मात्रा मिलाएर सलाद खानुस्, म त मज्जाले जिरा–आलु खान्छु, मानिस किन आलुसित डराउँछन् ।’ आलु नखानेहरुप्रति शिल्पा प्रश्न गर्छिन्, ‘के आलु खाँदा साँच्चै मोटान्छ ?’ उनले खाना पकाउँदा धक नमानी घिउ हाल्छिन् रे । उनले मजाले घिउ खाने गरेको बताउँछिन् । घिउबिनाको उनको भान्सा अधुरो हुन्छ रे । शिल्पा ओलिभ तेलको प्रयोगलाई वाहियात बताउँछिन् ।

हिजोआजको जिÞन्दगीमा दौडधुप बढी नै छ । मानिस बेलाबेला डाक्टरकहाँ पनि गइरहन्छ । डाक्टरले लेखेको औषधी प्रेमपूर्वक किनेर उपभोग गर्छ । निःशुल्क रूपमा प्राप्त हुने योग अभ्यास नगर्ने मानिसप्रति शिल्पा चिन्ता व्यक्त गर्छिन् । शिल्पा शेट्टीले सञ्चार माध्यमसँगको कुराकानीमा भनिन्, ‘लचिलो र सुन्दर शरीर चाहने हो भने योग गर्दा भइहाल्छ ।’

उनी भन्छिन्, ‘योग सबैले गर्न सक्छन्, बालक–वृद्ध जुनसुकै उमेरका व्यक्ति लचकदार शरीर भए पनि नभए पनि योग अभ्यास गर्न सक्छन् ।’ कुनै आसन गर्न नसक्दैमा योग उपयोगी छैन भन्नुहुँदैन । शिल्पाले पनि धेरै आसन गर्न सक्दिनन् तापनि उनी योग गर्न छोड्दिनन् ।

प्रकाशित समय १३:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु