fbpx
Nepal Mediciti

गृहपृष्ठ सन्दिपको निर्देशनमा आयो मेरो कथा (भिडियो)

सन्दिपको निर्देशनमा आयो मेरो कथा (भिडियो)

पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चितवनको विभिन्न रमणीय ठाँउहरुमा छाँयाकन गरिएको म्युजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलवाट मंगलवार सार्वजनिक गरिएको छ ।
सुमन ढकाल र दिया केसी फिचर्ड म्युजिक भिडियोमा प्रेमसँगै बिछोडलाइ देखाईको छ । प्रेमिकालाइ परिवारले जबरजस्ती विहे गर्दिएपछि प्रेमी जोगी हुने अवस्था पुग्छन् ।

‘पाउन मात्र माया हैन, गुमाउनु पनि माया हो’ निर्देशक भट्टले भने, –‘हामीले त्यहि कुरालाई भिडियोमा देखाउन खोजेका हौं ।’ भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् ।
राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौंलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरिएको हो ।

प्रकाशित समय १९:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु