गृहपृष्ठ देशभर थपिए ४४५ जना कोरोना संक्रमित, ४१४ जना डिस्चार्ज, ५ को मृत्यु
देशभर थपिए ४४५ जना कोरोना संक्रमित, ४१४ जना डिस्चार्ज, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । गत २४ घन्टामा ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
बुधबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २४६ जना रहेका छन् । काठमाडौंमा १८९, भक्तपुरमा १९ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बुधबार देशभर ४१४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १४४ जना कोरोना संक्रमितको आईसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रकाशित समय १६:४५ बजे