fbpx
corona information

गृहपृष्ठ देशभर थप ४३० जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थपिए २५९ संक्रमित

देशभर थप ४३० जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थपिए २५९ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय पीसीआर परीक्षण हुँदा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ११५ महिला र १४४ पुरुषसहित थप २५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २२१, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु