fbpx
corona information

गृहपृष्ठ कोरोना महामारी : २४ घन्टाभित्रै दाजुभाइको मृत्यु

कोरोना महामारी : २४ घन्टाभित्रै दाजुभाइको मृत्यु

केही  दिनयता नेपालमा कोरोना संक्रमणको दर केही घटेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मृत्यु संख्या भने उस्तै देखाउँछ । दैनिक डेढदेखि दुई दर्जन मानिसको मृत्यृ हुने गरेको छ । कोरोना भाइरसको संक्रमणबाट गत २४ घन्टाभित्र दाजुभाइको मृत्यु भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय मोरङको लेटाङका दुई दाजुभाइको २४ घन्टाभित्र मृत्यु भएको हो ।लेटाङका ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो भने उनका सहोदार भाइ ईश्वरी कोइरालाको शुक्रबार बिहान त्यहीं कलेजमै उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ । ईश्वरी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन् । उनीहरूलाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु