fbpx
corona information

गृहपृष्ठ थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना डिस्चार्ज

थप १३८० जनामा कोरोना संक्रमण, ५१५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ३६८ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु