fbpx
corona information

गृहपृष्ठ थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा थप एक हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार ३४३ जना पुगेको छ ।शुक्रबार थप एक हजार २३६ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २३७ जना रहेको छ । जसमध्ये १७ हजार २३७ जना आइसोलेसनमा र ६०१ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार आज थप २३ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट एक हजार ४३५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु