गृहपृष्ठ कोरोना संक्रमणबाट सुडानका पूर्वप्रधानमन्त्री मेहदीको मृत्यु

कोरोना संक्रमणबाट सुडानका पूर्वप्रधानमन्त्री मेहदीको मृत्यु

सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षको थिए । उनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए । उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए ।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेतालाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो । मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ ।’

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि संघर्ष गरेको थियो । सुडानमा अहिलेसम्म कूल १७ हजार व्यक्ति कोभिड–१९ संक्रमित रहेको पुष्टि भएको छ भने एक हजार २०० व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु