fbpx
corona information

गृहपृष्ठ कर्णालीमा थप ६२ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ६२ जनामा कोरोना पुष्टि

बुधबार कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । प्रदेशका ६ जिल्लाका ५३ र अन्य प्रदेशका ९ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

कर्णाली प्रदेश/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी–पीसीआर परीक्षणमा ६० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । जसमा सुर्खेतका २४, रुकुमपश्चिमका १४, सल्यानका ६, जुम्लाका चार, दैलेखका दुई, कालिकोटका तीन र अन्य प्रदेशका नौजना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार योसँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ७५८ पुगेको छ ।

प्रदेशभर सक्रिय संक्रमितको संख्या ४१९ रहेको महाशाखाको तथ्यांक छ । जसमा सुर्खेतमा २२५, दैलेखमा ३३, जाजरकोटमा एक, सल्यानमा ९६, रुकुमपश्चिममा १७, जुम्लामा १८, कालिकोटमा चार, हुम्लामा २० र मुगुमा पाँच जना रहेका छन् । डोल्पा जिल्लामा भने हाल सक्रिय संक्रमितको संख्या नरहेको कँडेलले बताए । त्यस्तै बुधबार २८ जना कोरोना संक्रमणमुक्त भएपछि प्रदेशभर संक्रमणमुक्त हुनेको संख्या ६ हजार १७९ पुगेको छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु