गृहपृष्ठ बिहीबार १९४८ जनामा कोरोना पुष्टि, थप २८ को मृत्यु
बिहीबार १९४८ जनामा कोरोना पुष्टि, थप २८ को मृत्यु

बिहीबार देशभर ९ हजार २१० पीसीआर परीक्षण गर्दा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।
आज देशभर थप ३ हजार १४० जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना निको भई घर फर्किनेको संख्या २ लाख ७ हजार ९९८ जना पुगेको छ । बिहीबार थप २८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट १ हजार ३८९ जनाले ज्यान गुमाइसकेका छन् ।
हालसम्म १६ लाख ९० हजार ५०९ पीसीआर परीक्षण भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ । जसमध्ये १६ हजार ६३९ जना आइसोलेसनमा र ६६९ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १६:४७ बजे